३९ प्रतिशत सेयरधनी महिला

५ बर्ष अगाडि

 काठमाडौं - सेयर बजारमा महिलाको संख्या बढेको छ । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा आइतबारसम्म करिब १३ लाख ३६ हजार डिम्याट खाता खुलेका छन् । तीमध्ये ३९ प्रतिशत महिलाका नाममा छन् ।
साँझ–बिहान घरको कामकाजमा व्यस्त गृहिणी दिउँसो सेयर कारोबारमा सक्रिय हुने क्रम बढेको हो । घरको कामकाज पनि भ्याइने र दिउँसो खाली समय उपयोग हुने भएकाले महिलाका लागि सेयर बजार आयआर्जनको उपयुक्त विकल्प बनेको जानकारहरू बताउँछन् ।
 सेयर बजारमा दैनिक ४ घण्टा कारोबार हुन्छ । बिहान ११ बजे बजार खुल्छ, ३ बजे बन्द हुन्छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया