मंसिर ८ गते सार्वजनिक हुँदै विप्लव

५ बर्ष अगाडि

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।
आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले बताए ।

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया