(Sunday, 18 November, 2018)
By: आजको अर्थ
कात्तिक १५, २०७५


ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । 

आज साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । 

बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा नेपाल फोनिक्ससँगै ४–१ गोलले पराजित भएको थियो । नेपालले मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको थियो । 

अन्तिम मैत्रीपूर्ण खेलसँगै अब नेपाली टोली शुक्रबार ओलम्पिक छनोट खेल्न म्यान्मा जाने एन्फाले जनाएको छ । तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । 

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यान्मार र बङ्गलादेश छन् । 

नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यान्मार २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर र लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत