पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

५ बर्ष अगाडि

अमेरिकी कम्पनी रोयलले संसारको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन बिहिबार चीनमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनको नाम फ्लेक्सपाई राखिएको छ । प्राविधिक रुपमा यो फोन एक ट्याबलेट जस्तै छ किनभने यसमा ७.८ इन्चको स्क्रिन दिइएको छ । तर यसलाई मोडेर चार इन्च बनाउन सकिन्छ ।

सामसङ, ह्वावेले गर्न नसकेको नयाँले गरेर देखायोः

संसारको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी सामसङ र दोस्रो ठूलो ह्वावेमध्ये एकले यसवर्ष संसारको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन पेश गर्ने अनुमान गरिएको थियो । तर ६ वर्ष पुरानो अमेरिकी स्टार्टअप कम्पनी रोयले यस्तो गरेर देखायो ।

पहिलो फोन जसमा 7nm स्न्यापड्रेगन ८१५० प्रोसेसरको प्रयोगः

फ्लेक्सपाई संसारको पहिलो फोल्डेबल स्मार्टफोन हुनुका साथै 7nm स्न्यापड्रेगन ८१५० प्रोसेसर प्रयोग गरिएको पहिलो फोन हो ।

https://youtu.be/9nZeKcMz3as

 

यसका साथै कम्पनीले आरओ–चार्जिङ प्रविधीको प्रयोग गरिएको छ र कम्पनीको दाबी अनुसार यसको मद्दतले ब्याट्रिको ०–८० प्रतिशतसम्म चार्ज हुन एकघण्टा मात्र लाग्छ ।

क्यामरा अगाडिमात्र छः

यसको फ्रन्टमा ड्युअल क्यामरा दिइएको छ जसको प्राइमरी सेन्टर १६ मेगापिक्सल र सेकेन्डरी सेन्सर २० मेगापिक्सलको छ । यसमार्फत नै सेल्फी र फोटो खिच्न सकिन्छ ।

फ्लेक्सपाइका तीन भेरियन्ट छन् जसको ६ जीबी र्याम, १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ८,९९९ युआन (१ लाख ५२ हजार रुपैयाँ) बाट सुरु हुन्छ ।

यस्तै, ८ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९९८ युआन (१ लाख ६९ हजार रुपैयाँ) र ८ जीबी र्याम, ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १२,९९९ युआन (करिब दुर्य लाख २० हजार रुपैयाँ) तोकिएको छ ।

विशेषताः

५ बर्ष अगाडि

प्रतिक्रिया