बलिउड आठ अभिनेत्रीहरुको फ्यान यस्ता पनि छन्...

५ बर्ष अगाडि


बलिउड सुन्दर अभिनेत्रीले भरिएको छ । हरेक अभिनेत्रीका लाखौ प्रशंसक छन् । सार्वजनिक स्थलमा निस्किदा उनीहरुको एक झलक पाउन फ्यान अक्सर मारापिट गर्ने गर्दछन् । यस्तैमा उनीहरुका केही फ्यान यस्ता पनि छन् । जो उनीहरुलाई भिडभाडमा जिस्काउने पनि गर्दछन् ।

करिना कपुर खान 
२०१३ मा एक इभेन्टको दैरानमा करिनालाई पब्लिकले जिस्काएका थिए । इभेन्टमा सहभागी भएर जव करिना कार्यक्रम स्थलबाट बाँहिर निस्किदै थिइन् । सो समय उनी माथी पब्लिकले छेडेका थिए । उक्तसमय उनी निकै डराएकी थिइन् ।

तापसी पन्नु 
तापसी एक इभेन्टमा भनेकी थिइन् ‘दिल्लीमा आफुलाई अक्सर जिस्काउने गरिन्छ ।’ सोही क्रममा उनले आफुलाई पब्लिकले गलत तरिकाले छुने र जिस्काउने गरेको समेत बाँहिर ल्याएकी थिइन् ।

कट्रीना कैफ 
एक समय कट्रीना साउथ कोलकाताको एक दुर्गा पुजाको उत्सवमा सहभागी भएकी थिइन् । पुजा सकिएपछि त्यहाँका केही ब्यक्तिले उनीमाथी दुब्र्यवहार गरेका थिए ।

सोनाक्षी सिंहा
एक इभेन्टमा सहभागी हुँदा सोनाक्षीलाई भिडमा सहभागी मानिस मध्य केहीले भद्दा कमेन्ट गरेका थिए । सो समय उनलाई जवजस्र्ती छुने कोसिस केहीले गरेका थिए । उक्त समय सोनाक्षी रोएकी थिइन् । 

सोनम कपुर 
सोनम आफ्नो चलचित्र रांक्षणाको प्रमोशनमा जादाँ उनी माथी सर्वसाधारणले अभद्र ब्यवहार देखाएका थिए । सो समय अभिनेता धनुसले उनको मद्दत गरे ।
 
गौहर खान 
गौहर टिभी रियालटी शो ‘इन्डियाज रकस्टार’को सुटिङ गर्दै थिइन् । सो समय उनलाई मोहम्मद अकिल नामका एक ब्यक्तिले दुब्र्यवहार देखाए ।

अमिषा पटेल 
एक गहना सोरुमको उद्घाटनका लागि उनी गोखरपुर पुगेकी थिइन् । सो समय उनलाई हेर्न निकै भिड लागेको थियो । सो भिडमा एक युवकले उनलाई जवर्जस्ती छोएका थिए । अमिषाले ति युवकलाई थप्पड हानेकी थिइन् ।

सुष्मिता सेन 
सुष्मिता पुणेको एक गहना पसल उद्घाटनमा पुगेकी थिइन् । त्यहाँबाट फर्कदा उनी आफ्नो कारमा बस्ने कोसिस गर्दै थिइन् । सोही समय केही मानिसले उनी माथी छेडेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया