१११ बर्षको उमेरमा निधन

५ बर्ष अगाडि


बुडापेष्ट - हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । 

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ । 

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान हुनुहुन्थ्यो । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् । 

मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया