प्रकिया पूरा नगरी गच्छदारलाई उपसभापति

५ बर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा संसदीय दलका उपनेतासमेत रहेका नेता विजयकुमार गच्छदार मनोनीत भएका छन ।  कांग्रेस विधानमा एक मात्र उपसभापति रहने व्यवस्था भए पनि तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकताको पूर्वसहमतिअनुसार उनलाई उपसभापति बनाइएको हो । मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले नेता गच्छदारलाई उपसभापति मनोनीत गर्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा सबै नेताहरू सहमत भए पनि केही नेताहरूले प्रक्रियाका विषयमा भने असहमति राखेका थिए । कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ । तर, उनी मनोनीत केन्द्रीय सदस्य मात्र हुन् ।
 उनलाई विधानमा भएको बाधा अड्काउमार्फत फुकाएर मनोनीत गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीले सभापतिलाई सुझाएका थिए । तर, सभापति देउवाले बाधा अड्काउतर्फ नलागी छोटो बाटोबाटै गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया