बेलायती मोडलको टिप्स : अनुहार राम्रो बनाउन विर्य प्रयोग गर्नुहोस्

५ बर्ष अगाडि

अहिले समाजिक सञ्जालमा १ लाख ५० हजारभन्दा धेरैले फलो गरिरहेकी एक युवती विर्य प्रयोग गरेर चर्चामा छिन् । उनले आफ्नो अनुहारमा चमक ल्याउन विर्य प्रयोग गर्ने गरेकी छिन् । आफ्नो सामाजिक सञ्जालमार्फत उनले यसको प्रवद्र्धन समेत गरिरहेकी छिन् ।

पूर्व ग्ल्यामर मोडल ट्यासी किस दुई बच्चाकी आमा समेत हुन् । उनी एकल जीवन बिताइरहेकी छिन् । बेलायतको विन्डओभरकी यि मोडल आफ्नो सामाजिक सञ्जालमार्पmत विर्य प्रयोगको फाइदाबारे अन्यलाई जानकारी गराउँछिन् । उनले सधैँ नियमित रुपमा आफ्ना साथिसँग विर्य माग्ने गरेको बताएकी छिन् ।

भन्छिन्, धेरै मानिसहरुले विर्य प्रयोगका बारेमा सोचेका हुनसक्छन् । यो निकै प्राकृतिक कुरा हो र निकै स्वस्थजनक पनि छ । विर्यले बच्चा उत्पादन गर्छ । यो निकै नरम हुन्छ र यसले मेरो छालालाई पनि सुन्दर र नरम बनाउँछ । यसलाई फेसियलका रुपमा प्रयोग गर्न पाउँदा म खुसी छु । उनले विर्य प्रयोग गर्नु भनेको अनुहारमा कुनै प्राकृतिक तेल वा वाक्स प्रयोग गरेजस्तै हुने बताएकी छिन् । ट्यासी किसले विर्य प्रयोग गरेपछि यसलाई ५ देखी २० मिनेटसम्म अनुहारमा राखिराख्ने र त्यसपछि पानीले धुने गरेको बताएकी छिन् ।

विर्य प्रयोग गर्न थालेपछि अनुहारमा खटिरा र अन्य दागहरु आउन छाडेको उनको अनुभव छ । उनले सुरुआतमा अनुहारमा खटिरा तथा दागहरु देखिन थालेपछि ब्युटिसियनसँग सम्पर्क राखेकी थिइन् । ट्यासीको अवस्था हेरेर उनले एसिड फेसियल पिल प्रयोग गर्न सुझाव दिइन् । तर ट्यासीलाई प्राकृतिक रुपमा केही गर्ने मन थियो ।

उनले विर्य प्रयोग अमेरिकामा उपचारको चर्चित माध्यम रहेको पत्ता लगाइन् र त्यसपछि आफैँ पनि विर्य प्रयोगमा लागिन् । ट्यासी अहिले आफैँ स्वास्थ्य र ब्युटि टिप्स दिन अघि सरेकी छिन् । उनले आफ्नो वेभसाईटसँग ट्वीटर र इन्स्टाग्राममार्फत आफ्ना फलोअर्सहरुलाई यस्तो सुझाव दिन्छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया