(Sunday, 18 November, 2018)
By: आजको अर्थ
कात्तिक २२, २०७५

न्यूयोर्क– नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 
मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । अमेरिकी मुलधारको रानीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी हुन् । 

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम चुनावमा पनि उनी नै चुनिएका हुन्  ।
नेपालको पर्वतमा जन्मिएका उनी  सन् २००५ मा अमेरिका पुगेका थिए । 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत