गच्छदार उपसभापति बनेपछि गगनले दिए देउवालाई यस्तो चेतावनी

५ बर्ष अगाडि

काठमाडौं–नेपाली काँग्रेसका  नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । 

नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन् । 
शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए । 
 नेता थापाले विधान विपरित जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराए । 
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्ने आवशयकता पनि औंल्याए । 

कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया