सुजाताको घरमा काँग्रेसका नेताहरुको देउवाविरुद्ध मोर्चाबन्दी

५ बर्ष अगाडि

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् । 

नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफुखुसी गरेको भन्दै असन्तुष्ट बनेका देउवाइतरका नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्धको मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् । 

काँग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान १० बजेदेखि बसेको उक्त लन्च सहितको बैठक झण्डै २ घण्टा भन्दा बढि चलेको थियो । 

बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा. रामशरण महत सहभागी भएको स्रोतले जनाएको छ ।

बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रकृया विपरित गएकोबारेमा सवै नेताहरु एकमत भएका थिए । 

यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै काँग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया