भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

५ बर्ष अगाडि

हनोई – भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने भियतनाम सातौं राष्ट्र हो । 

वासिङ्टन बाहेकको यस ट्रान्स–प्यासिफिक पार्टनरसीप (टीपीपी) मा हाल ११ मुलुक सहभागी छन् । सम्झौतामा सामान्य हेरफेर गरिएको छ, र यसमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्तराज्य अमेरिकालाई कुनै पनि समय सहभागी हुने ढोका खुला गरिएको छ । 

यो सम्झौतालाई अस्ट्रेलियाले गत महिना अनुमोदन गरेको थियो । सदस्य राष्ट्रमध्ये आधाभन्दा बढीले अनुमोदन गरिसकेका कारण अब यो सम्झौता डिसेम्बरको अन्त्यबाट प्रयोगमा आउने छ । 

भियतनामको संसदमा भएको मतदानमा सर्वसम्मतिले विधेयकलाई अनुमोदन गरेको थियो । 

यो सम्झौतालाई अमेरिकी पूर्व राष्ट्रपति बाराक ओमाबाले अघि बढाउनुभएको थियो । यो सम्झौताबाट चीनको बढ्दो विश्व आर्थिक सामथ्र्यसँग जुध्ने विश्वास गरिएको थियो । यो सम्झौता पश्चात सदस्य राष्ट्रहरुले व्यापारका लागि बलियो कानुनी संरचना तयार गर्नुपर्ने, करमा कटौती गर्नुपर्ने तथा बजारहरु खुला गर्नुपर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया