प्रचण्डको परिवार किन पुगे तातोपानी ?

५ बर्ष अगाडि

बेनी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आएका छन् । 
पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन नेता दाहाल आज आएका हुन् । 

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ । 

आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा आएका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया