हरिवंशको ६१ औं जन्मदिनमा ‘दाल भात तरकारी’को मुर्हूत

५ बर्ष अगाडि

काठमाडौं – मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘दाल भात तरकारी’को शुभ–मुर्हूत गरिएको छ । 
वरिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज मंगलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुर्हूत गरिएको हो । जन्मदिनको केक भने हरिबंशले रेडियो अडियोको कार्यलयमा काटेका छन् ।
कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का र आँचल शर्मा लगायतको मुर्हुतमा उपस्थिती रहेको थियो । 
आउँदो शनिबारबाट छायाँकनमा जान लागेको यो चलचित्र कलाकार किरण केसीले निर्माण गर्न लागेका हुन् । चलचित्रमा अभिनेत्री निरुता सिंहको पनि अभिनय रहनेछ । जसका लागि उनी यसै साता नेपाल आउने कार्यक्रममा जानकारी दिइयो । 
प्रियंका कार्की, बर्षा राउतको समेत चलचित्रमा अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । कमेडी जनरामा निर्माण हुन लागेको ‘दाल भात तरकारी’ बैशाख १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।
‘दाल भात तरकारी’ मुर्हतमा चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल, कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा लगायत उपस्थित थिए ।
चलचित्र किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया