भारतमा ‘फेक न्यूज’को लहर पछाडि राष्ट्रवादको हात ?

५ बर्ष अगाडि

 


बीबीसी । भारतमा बढिरहेको राष्ट्रवादको लहरले सर्वसाधरण नागरिकहरुलाई ‘फेक न्यूज’ शेयर गर्न प्रोत्साहित गरिरहेको बीबीसीको एक अनुसन्धानले देखाएको छ । 
अनुसन्धानले राष्ट्रिय पहिचान बलियो बनाउनु पर्छ भन्ने मानिसहरुको चाहना अघि तथ्यहरु कम महत्वपूर्ण भएको पाएको थियो । 

समाजिक संजालका पोष्टहरुको विश्लेषणले दक्षिणपन्थी सम्पर्क संजाल वामपन्थीहरुको भन्दा बलियो रहेको देखिएको थियो । यो राजनीतिक झुकाव भएकाहरुले मुख्य रुपमा ‘फेक न्यूज’हरु फैलाइएको पाइएको छ । 

रमाइलो कुरा भारतेली ट्वीटरमा ‘फेक न्यूज’का स्रोत र प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन गर्नेहरु धेरै अवस्थामा एउटै भएको पाइएको छ । 
अनुसन्धानमा भारतको अतिरिक्त केन्या र नाइजेयिाका आम सर्वसाधरणलाई पनि समावेश गरिएको थियो । अनुसन्धान त्यी देशका आम नागरिकहरु कसरी एक अर्कासँग सम्बादमा रहन्छन् र फेक न्यूज फैलाउछन् भन्नेमा केन्द्रित थियो ।  

सहभागीहरुले बीबीसीलाई आफूले प्रयोग गर्नेफोनमा गर्ने सम्पूर्ण कृयाहरु सात दिनसम्मको लागि हेर्न दिए । फोनमाथिको पहुँचले अनुसन्धानदातालाई प्रयोगकर्ताहरुले शेयर गरेको सामाग्री, कसलाई शेयर गरेको र कति छिट्टो शेयर गरिएको मुल्यांकन गर्न सघायो । 

यो अनुसन्धान बीबीसी विश्व सेवाको नेतृत्वमा भएको हो । यसबाट प्राप्त निष्कर्षहरु ‘वियोण्ड फेक न्यूज’ कार्यक्रमको हिस्सा हुनेछ जुन बीबीसीका टीभी, रेडियो र डिजिटल सेवाहरुमा प्रसारण हुनेछ । यसले कसरी गलत सुचना र फेक न्यूजले विश्वभरीका मानिसहरुलाई प्रभाव पारिरहेको छ भनेर विश्लेषण गर्नेछ । 

अनुसन्धान गरिएका तीनै देशमा मुलधारका मिडियाप्रतिको अविश्वासले गर्दा आममानिसहरु वैकल्पिक स्रोतको समाचारहरु फैलाइरहेको देखियो । अधिकांशले शेयर गर्नु अघि समाचारको विश्वसनीयतता ख्याल नगर्दा यथार्थपरक समाचारनै शेयर गरेको सोचेर ‘फेक न्यूज’ प्रचार गरिरहेका हुन्थे । 

मानिसहरुमा ‘फेक न्यूज’ पहिचान गर्न सक्ने कुरालाई लिएर बढी नै विश्वस्त रहेको पनि अनुसन्धानमा भेटियो । 

सन् २०१८ मा ‘फेक न्यूज’को बाढी नै आयो । बीबीसी अनुसन्धानले आफूले शेयर गरेको ‘फेक न्यूज’को वास्तविक स्रोत खोज्न प्रयोगकर्ताहरु गर्ने वेवस्ता यसको मुख्य कारण रहेको पहिचान ग¥यो । बरु उनीहरुले सुचनाको विश्वसनीयतताको लाग वैकल्पिक संकेतहरुतर्फ हेरेको देखियो । 

यीनमा फेसबुक पोस्टमा रहेको कमेन्टको संख्या, पोस्टमा रहेको तस्वीरलाई मुख्य ख्लाय गरिएको थियो । त्यस अतिरिक्त मानिसहरुले आफ्ना परिवार सदस्य र साथीहरुबाट आएको ह्वाटएप म्यासेजलाई आखाँ चिम्लेर विश्वास गरेको देखियो । 

भारतमा ह्वाटएपमा व्यापक रुपमा शेयर गरिने झुटो हल्लाले हिंसाको लहर निम्त्याएको छ । मानिसहरु बच्चा अपहरण भएका झुटो खबर शेयर गरिरहेका हुन्छन् । उनीहरुले उक्त सन्देशहरुमा पूर्ण विश्वास गरेर समुदायको सुरक्षाको दायित्व सम्झेर परिवारजन र साथीहरुलाई व्यापक शेयर गरेको पाइयो । 

बीबीसीको एक अलग्गै विश्लेषणले अघिल्लो वर्ष समाजिक संजाल र म्यासेजिंग एपमा पठाइएको हल्लाले कम्तिमा ३२ जनाको हत्या भएको देखाएको छ । 

बीबीसीले आसाममा निलोटपाल र अभिशेकको हत्यालाई एक केसको रुपमा विस्तारमा जाँच ग¥यो । त्यस्तै अर्का बीबीसी रिपोर्टर ह्वाटएपमा फैलिएको अर्को हल्लाले कसरी उस्तै खालको प्राणघातक हिंसा शुरु गरायो भन्ने बुझ्नको लागि मेक्सिको गए । 

अफ्रिकी देशहरुमा अलग कारणले फैलिन्छन् ‘फेक न्यूज’
अफ्रिकामा गरिएको अनुसन्धानले फेक न्यूज फैलिन राष्ट्रिय पहिचान त्यति प्रभावकारी नरहेको देखियो ।  

केन्यामा पैसा र प्रविधिसँग जोडिएको घोटाला काण्डहरु ‘फेक न्यूज’ फैलाउन सबैभन्दा बलियो प्रेरक शक्ति थियो । यी घटनासँग जोडिएका सामाग्रीहरु कुल ‘फेक न्यूज’को एक तिहाई हुन आए । 

उता नाइजेरियामा भने आतंकवाद र सेनासँग जोडिएका ‘फेक न्यूज’ सबैभन्दा धेरै शेयर गरिएका थिए । 

यी दुवै राष्ट्रमा स्वास्थसँग जोडिएका अनर्गल हल्लाहरु धेरै शेयर गरिएका ‘फेक न्यूज’ समाचारहरुमध्य थिए । धेरै समाचार उपभोक्ताले यी समाचारको लागि भरपर्दो र ‘फेक न्यूज’ स्रोतहरुबीचमा भिन्नता नछुट्टाई दुवै स्रोतहरु मिसमास गरेर हेरेको पाइयो ।  

अध्ययनको लागि अनुसन्धानदाताहरुले यी तीन देशका ८० सहभागीहरुसँग सयौं घण्टा समय विताएका थिए । यसको लागि सात दिनको अवधिमा उनीहरुको मेडिया उपभोगका साथ साथै उनीहरुले ह्वाटएप र फेसबुकमार्फत कसरी सुचना शेयर गर्छन् भनेर मुयांक नभएको थियो । 

अनुसन्धानदाताहरुले भारतमा ट्वीटर र फेसबुकमा कसरी फेक न्यूज फेलियो भन्ने वृहद विश्लेषण पनि संचालन गरे । यसको उदेश्य फेक न्यूज फैलाउन राजनीतिक ध्रुविकरणको भुमिका बुझ्नु थियो । 

यसका लागि १६ हजार ट्वीटर एकाउट र ३ हजार पेजहरु विश्लेषण गरिएको थियो । निष्कर्षले दक्षिणपन्थी झुकावका सन्देशहरु सबै मुद्धामा समान र उग्र रुपमा प्रचार भएको देखाएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया