सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै, कसले के –के पाउँछन् ?

५ बर्ष अगाडि

काठमाडौं –संसद्बाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरणसमेत भइसकेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइदैँ गरेको जनाकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताए  ।

उक्त मन्त्रालयका अनुसार श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो ऐन ल्याइएको हो ।

ऐनमा औषधि, उपचार तथा स्वास्थ्य र मातृत्व सुरक्षा योजनालाई ‘औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना’ नाम दिई एउटैमा समावेश गरिएको छ । दुर्घटना र अशक्तता सुरक्षा योजनालाई एउटैमा राखी ‘दुर्घटना र अशक्तता सुरक्षा योजना’ उल्लेख गरिएको छ ।

अन्य योजनामा वृद्ध अवस्था, आश्रित परिवार र बेरोजगार सहायता योजना रहेका छन् । यीमध्ये धेरै योजना यसै सालदेखि सुरु हुने भए पनि आश्रित परिवार सुरक्षा र बेरोजगार सहायता योजना भने यही सालबाट सञ्चालनमा आउने छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया