नेप्सेमा बुधबार १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख  १ हजार २ सय २१.६३  कित्ता सुचिकृत भएको छ । 
श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार  ७ सय ५.६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यता सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।  एनएमबी बैंकको  एक करोड १४ लाख ४ हजार ९ सय ३५.९५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया