विद्यालयलाई कम्प्युटर सहयोग

५ बर्ष अगाडि

लेखनाथ – कामना सेवा विकास बैंक लि. ले आफ्नो सेवा आरम्भको १२औँ वार्षिकोत्सको अवसरमा तीन विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा–२७ अर्चले स्थित कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, सोही वडाको रिठ्ठेपानीमा रहेको कल्याण आधारभूत विद्यालय र पोखरा–३ नदीपुरमा रहेको बेद विद्याश्रमलाई एक÷एक थान कम्प्युटर सहयोग गरेको हो । 

बैंकका निर्देशक चतुराखर अधिकारी, सञ्चालक समितिका सदस्य देवकृष्ण काफले र बलराम बरालले संयुक्तरुपमा तीन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।     
 

५ बर्ष अगाडि

प्रतिक्रिया