१ लाख ४० हजार घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर

५ बर्ष अगाडि

काठमाडौं– एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्यामकुमार राईले सेवाग्राहीसँग सोनी कम्पनीको टीभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए । 
तर,  पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ  गरेको थियो । 
अनुसन्धानका क्रममा उनले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो १ लाख ४०  हजार  कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित  मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया