निर्देशन मात्रै दिएर पुरिन्न काठमाडौँका सडकका खाल्डा

५ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक काठमाडौं उपत्यकाको सडक सुधार तथा  मर्मत गर्न निर्देशन दिएका छन् ।

पटक पटकको निर्देशनले समेत काम गरेको छैन । कार्यकारी प्रमुखले दिएको निर्देशन समेत कार्यान्वयन किन हुन सकेन भन्ने प्रश्न समेत बेला बेलामा उठने गरेको छ ।

तर काठमाडौं उपत्यकको सडक मर्मत हुन नसक्नुको पछाडि राजनीतिक इच्छाशक्ति, कर्मचारी प्रशासनको असहयोग त  छ नै ? त्यो भन्दा बढी बजेटको अभाव रहेको पाइएको छ ।

सडक विभागले बजेट नभएका कारण नै सडक मर्मत गर्न नसकिएको बताएको छ ।

सरकारले चालु आर्थिक वर्षमा काठमाडौंको सडक मर्मतका लागि ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । तर केही समय पहिले काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनकै क्रममा ६ करोड ५० लाख बजेट सकिएको छ ।

बाँकी रहेको बजेट १ करोड मात्रै रहेको छ । बजेटका अभावका सडक मर्मत गर्न नसकिएको विभागका अधिकारीको भनाइ छ ।

गत कात्तिक १० गते काठमाडौंको बल्खुमा एक साइकल यात्री सडकको खाल्डामा परेर मृत्यु भयो । पछिल्लो दिनमा काठमाडौंका दर्जनौ स्थानमा खाल्डा खुल्डी रहेका छन् । मर्मत सम्भार गरिदिनु पर्यो भन्दै धेरै स्थानबाट माग पनि आएको छ , तर विभागले मर्मतका लागि कुने पनि पहल गरेको छैन ।

विभागको पहल नभएका कारण काठमाडौंका सडक धरापमा परिणत भएका छन् । तर विभाग भने बजेट अभावमा सडक मर्मत गर्न नसकिएको भन्दै चुपचाप बसीरहेको छ ।

ठूला ठूला योजनाको फेहरिस्त बनाएर बस्ने विभागले सडकको सामान्य खाल्डा पूर्न समेत असफल हुँदै आएको छ ।

विभागका उपनिर्देशक शिव नेपालले भने बजेट नभएका कारण मर्मतमा समस्या परेको बताएका छन् ।

प्रधानमन्त्रीले निर्देशन दिएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको विभागको भनाइ छ । बजेट प्राप्त भए हामी सबै सडक मर्मत गर्न सक्छौ, त्यो क्षमता हामसिग् छ, तर बजेट नै नभइ मर्मत गर भन्ने कुराले मात्रै केही अर्थ राख्दैन, विभागका अर्का एक अधिकारीले भने ।

काठमाडौँमा विभाग र स्थानीय निकाय मातहतमा सडक रहेका छन् । ठूला सडक विभागको मातहत रहेका छ भने साना र भित्री सडक भने महानगरपालिका र नगरपालिकको मातहतमा रहेका छन् ।

स्थानीय निकाय मातहत रहेका सडक समेत मर्मत हुन सकेको छैन । उनीहरुले समेत विभिन्न  बाहाना देखाएर बस्ने गरेका छन् । जसका कारण नागरिक खाल्डामा परेर अकालमा मृत्यु वरण गर्न बाध्य भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया