इटालीमा दीपिका र रणवीरको यसरी भयो बिहे

५ बर्ष अगाडि

काठमाडौं–बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको बुधबार इटालीको लेक कोमोमा विवाह भएको छ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुको विवाह कोंकणी–सारस्वत परम्पराअनुसार भएको हो । 

विवाहका क्रममा दीपिका सेतो र गोल्डेन कलरको साडीमा देखा परेकी थिइन् भने रणवीर सेतो आउटफिटमा देखिएका थिए । 

यसअघि मंगलबार लेक कोमोमा नै संगीत सेरेमनी र मेहेन्दी लगाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिका रणवीरको विवाहमा निकै कम पाहुनालाई बोलाइएको छ । समाचारहरुका अनुसार विवाहमा करिब ३० जना नातेदार र साथीहरुलाई बोलाइएको छ । 

बलिउडबाट फराह खान, शाहरुख खान, सञ्जयलीला भन्सालीलाई मात्र बोलाइएको चर्चा भारतीय सञ्चारमाध्यमा छ । 

यस्तै  विवाह समारोहमा सहभागिलाई गोपनियताको कारण देखाउँदै मोबाइल तथा  क्यामरा लैजान प्रतिवन्ध लगाइयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया