पोखरामा बन्दै छ अर्चना पनेरुको ‘जिस्म २’

५ बर्ष अगाडि

काठमाडौं – अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ । ‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् । 

‘जिस्म २’को अहिले पोखरमा छायाँकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिरीले गरेका थिए । 

सुरज कुँवरको छायांकन रहेको चलचित्रमा रमेश बिश्वकर्मा र रेजिना भण्डारी मुख्य भुमिका छन् । यी दुबैले यसे चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । 

चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत रहेको छ । चलचित्रमा भरपुर ग्ल्यामर दृश्य रहने निर्माता गिरीले बताए । चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा आउनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया