दीपक र सारिकाको ‘तिमीलाई सम्झी रुँदा’

६ बर्ष अगाडि

काठमाडौं – लोक दोहोरी गायन र मोडलिङ दुबै विधामा आफूलाई अब्बल साबित गर्दै आएका प्रतिभा हुन् दीपक धमला । यी नै दीपकको संगीत रहेको अर्काे लोकदोहोरी गीत ‘तिमिलाई सम्झी रुदा’ सार्वजनिक भएको छ ।
आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा राजन बस्नेतको शब्द रहेको छ । गीतमा अहिले चलेका गायक गायिका राजन बस्नेत र मुना थापा मगरले स्वर दिएका छन् ।
भिडियोमा दीपक र मोडल सारिका केसीको अभिनय देख्न सकिन्छ । ट्रयाजेटिभ थिम उठाइएको भिडियोको छायाँकन, सम्पादन र ,निर्देशन दिपेन्द्र भट्टले गरेका हुन् । म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक भिडियाे दर्शकको रोजाइमा पर्न सफल भएकाे  छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया