प्रेम सम्बन्धले गुम्यो मन्त्री पद

५ बर्ष अगाडि

काठमाडौं – सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । 

नेकपाका स्थानीय नेताहरुका अनुसार उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । 

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । 

यसमा नेकपाभित्रको गुटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।

उनीहरुका अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो । नयाँ पत्रिकामा विस्तृतमा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया