एसएमएल ईसुजु भारत र गोल्डफिश इन्टरनेशनलबीच साझेदारी

५ बर्ष अगाडि

काठमाडौं । एस. एम. एल. ईसुजु ईन्डिया ले गोल्डफिश इन्टरनेशनलसँग साझेदारीको घोषणा गरेको छ । लक्ष्मी समुह अन्तर्गत गोल्डफिश इन्टरनेशनल (एक सहायक संस्था), अब नेपालका लागी एस. एम. एल. ईसुजु सवारी साधनको लागी आधिकारीक विक्रेता भएको छ ।

यस सम्झौतासंगै गोल्डफिश इन्टरनेशनल अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको हो । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी  एसएमएल ईसुजmुे विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ ।

यस प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक ३एस सेवा र एक २एस सेवा सुविधा शुरु गर्न गईरहेको छ । त्यसैगरी पोखरामा एक ३एस सुविधा, बनेपामा एक २एस सुविधा, पाँचखालमा एक २एस सुविधा र धादिङमा एक २एस सुविधा शुरु गरिने भएको छ ।

आगामी दिनमा उक्त सेवाहरु इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने भएको छ ।
गोल्डफिश इन्टरनेशनलले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि १००,००० स्क्वायर फिटमा नैकापको गुर्जुधारामा एसएमएल ईसुजु फ्ल्यागसीप ३एस सेन्टरको निर्माण गरिरहेको छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया