श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविस्वासको प्रस्ताव पारित

५ बर्ष अगाडि

कोलम्बा– श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । 

सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गरेको बताइएको छ । 
सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुगेका थिए । 
त्यहाँ पुग्दा  संसद बैठक १ः३० मा शुरू हुने बताइएको भएपनि ३० मिनेट ढिलो शुरू भएको थियो । सभामुख संसदको सभाहलमा पुग्दा सांसदहरूको एक समूहले उनको कार्यकक्षमा घेराउ गरी नाराबाजी गरेका थिए । 
उनीहरूले अघिल्लो दिन संसदमा चक्कूसहित आएका यूनाइटेड नेशनल पार्टीका सांसदलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन आवाज बुलन्द गरेका थिए । 
संसदमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभामुख जयसुरिया आफ्नो कार्यकक्षमा पुगी सरकारविरूद्ध अविस्वासको प्रस्ताव आह्वान गरी मतदानका लागि सांसदहरूलाई निर्देशन दिएका थिए । 
सभामुखले शुरूमा मत ‘नामका आधारमा’ गर्ने घोषणा गरे । तर संसदमा भएको अस्तव्यस्तता र उग्र गतिविधिलाई मध्यनजर गरी उनले मतदान ‘ध्वनी मत’का आधारमा सम्पन्न हुने घोषणा गरेका थिए । 
त्यसपछि जयसुरियाले राजापाक्ष सरकारविरूद्धको अविस्वासको प्रस्ताव पारित भएको घोषणा गरे । उनले संसदको आगामी बैठक सोमबारका लागि बोलाएका छन् । 
मतदानपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनको आधिकारिक ट्वीटर पेजमार्फत एक विज्ञप्ति जारी गर्दै सबै सांसदलाई प्रजातन्त्रको मूल्यमान्यता र परम्परालाई सधै पालना गर्न आग्रह गरेका छन् । 
उनले कुनै अवस्थामा पनि संसदको आगामी बैठक नसार्ने बताएका थिए । 
सरकारका प्रवक्ता केहेलिया रामबुकवेलाले संसदमा भएको मतदानपछि सञ्चारकर्मीसँग कुराकानी ‘गैरकानूनी’ तवरमा संसदले सरकारका विरूद्ध गरेको मतदानलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए 
 

५ बर्ष अगाडि

प्रतिक्रिया