कहिले बन्ला पनौतीमा प्रहरी प्रतिष्ठान ? भएको थियो सिंहदरबारभित्रै शिलान्यास

५ बर्ष अगाडि

काठमाडौँ – २०७१ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सिंहदरबारभित्र सँगै थिए । मार्बलमा कुँदिएको थियो, नेपाल प्रहरीका लागि काभ्रेको पनौतीमा भारतले निर्माण गर्ने प्रहरी प्रतिष्ठानको शिलान्यास ।

पनौती पुग्न समयाभाव भएपछि सिंहदरबारभित्रै शिलान्यास गरिएको उक्त मार्बल अहिले त्यहाँ छैन । उक्त शिलान्यास उद्घाटनको तारतम्य मिलाउन खटिएका एक उच्च प्रहरी अधिकारीका अनुसार उद्घाटनलगत्तै महाराजगन्जस्थित प्रहरी प्रतिष्ठान पुर्‍याइएको उक्त मार्बल त्यहीँ थन्क्याइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७१ मंसिर ९ मा अनुदान सहयोगमा प्रहरी प्रतिष्ठान बनाइदिने सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसका लागि ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ अनुदान सहयोग दिने सम्झौता थियो । काम सुरु भएको चार वर्षमा सबै संरचना तयार हुने सम्झौतामा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर  छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया