जन्ती बनेर आउँदै आदित्यनाथ

५ बर्ष अगाडि

जनकपुर-भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।
 प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको बताए ।

मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश सरकारले तयारी थालेको छ ।

राम र सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ । नेपाल र भारतका हजारौं सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ ।

साे क्रममा भारतीय रेलमन्त्री सुरेश प्रभु र मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर-जनकपुर-कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया