अब कर्मचारी र प्रहरी भर्ना प्रदेशबाटै

५ बर्ष अगाडि

काठमाडौं । प्रदेशभित्रका कर्मचारी, प्रहरी, संगठित संस्था र स्थानीय सेवामा कार्यरत कर्मचारीको भर्ना अब प्रदेश लोकसेवा आयोगले गर्नेछ ।

सरकारले सातवटै प्रदेशमा गठन हुने प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गरेसँगै यो व्यवस्था कार्यान्वयनले गति लिएको हो । अब बस्ने संघीय संसद् अधिवेशनले विधेयक पारित गरेपछि प्रदेशस्तरमा लोकसेवा आयोग गठनको बाटो खुल्नेछ ।

आयोगलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी तथा प्रहरी छनोट गरी नियुक्तिको सिफारिस गर्ने अधिकार हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार २५ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ को विधेयक स्वीकृत गर्दै संसद्मा पठाउने निर्णय गरिसकेको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया