राष्ट्रपति र उपराष्ट्रपतिदेखि जनप्रतिनिधिसम्म विलासी हुन थाले

५ बर्ष अगाडि

काठमाडौं । जनमतका माध्यमबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मले विलासी र सुखमय जीवन बढी रुचाउन थालेका छन् ।

जनताप्रति बढी जवाफदेही हुनुपर्नेमा राज्यका उच्च अंगमा बसेका व्यक्तित्व तथा जनप्रतिनिधि आफ्नो सेवा सुविधा तथा सुखी र विलासी जीवन यापनमा रमाउन थालेका हुन् । जनप्रतिनिधि भोग विलासमा रमाउँदा निर्वाचनको बेला बाँडेका योजना र घोषणा पत्रसमेत अलपत्र हुने अवस्था आएको छ । 
जनमतबाट निर्वाचित जनप्रतिनिधिको मतबाट चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको निवास विलासी बनाउन लागिएको छ । राष्ट्रपति निवास सानदार बनाउने नाममा महाराजगन्जस्थित वर्षौंदेखि सञ्चालित प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) नै हटाउनेसम्मको तयारी भइरहेको छ ।
पूर्वप्रहरी महानिरीक्षकदेखि बहालवाला प्रहरी अधिकारीहरू भने प्रहरी प्रशिक्षण हटाउने तयारीप्रति रुष्ट देखिएका छन् । उनीहरूले वर्षांैदेखि सञ्चालन हुँदै आएको प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने काम गलत भएको टिप्पणी गरेका छन् ।

वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राष्ट्रपति भवन परिसर विस्तार गर्नु वाहियात भएको तर्क गर्छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया