६ महिनापछि  तत्कालीन एमाले र माअोवादीको एउटै संसदीय कार्यालय

५ बर्ष अगाडि

काठमाडौँ-पार्टी एकीकरण भएको करिब छ महिनापछि तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय एकै स्थानमा बनाउन थालिएको छ । 

 दुई दल एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि संसदीय दलको कार्यालय पुरानै स्थानमा थियो । दुबै दलका नेताहरु यसअघिका आ–आफ्ना संसदीय कार्यालयमा बस्दै आएका थिए । दुई दलबीच गत जेठ ३ गते एकीकरण भएको थियो । 
संसद् सचिवालयलाई दुबै दलको आग्रहअनुसार तत्कालीन एमाले संसदीय दलको कार्यालय रहेको स्थानमा नेकपाको कार्यालय व्यवस्थापन गर्न लागिएको हो ।
 यसअघि उक्त स्थानमा तत्कालीन एमालेका तर्फबाट संसदमा जिम्मेवारी तोकिएका पदाधिकारीको मात्र कार्यालय थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया