बलात्कार अभियोगमा नेविसंघका नेता पक्राउ

५ बर्ष अगाडि

नुवाकोट । किशोरी बलात्कारको अभियोगमा नुवाकोट प्रहरीले  नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ला नेतालाई विदुर नगरपालिका वडा नं ४ बट्टारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय बादल श्रेष्ठ र रवीन थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको कुँवरले जानकारी दिए । पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

उनीहरुले गत कार्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ । कात्तिक २१ गते बुधबार लक्ष्मीपुजाको साँझ देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया