निर्मला पन्त हत्या प्रकरणः प्रमाण नष्ट गर्नेलाई सरकारकै संरक्षण

५ बर्ष अगाडि

काठमाडौं– कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेलाई सरकारी पक्षले नै संरक्षण गरेको छ ।
 निर्मला हत्याको छानबिनमा लापर्वाही गरेको आरोपमा नेपाल प्रहरीका एसपी तथा तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेर अन्य कारबाही नगरी सरकार चुपचाप बस्दै आएको छ ।

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा दुई प्रहरी अधिकृत बर्खास्त गरिए पनि अन्य आवश्यक कारबाही नगरी सरकारले उनीहरुलाई उन्मुक्ति दिइरहेको छ । राजधानी दैनिकमा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया