भक्तपुरमा मध्यरातमा डरलाग्दो दुर्घटना, यसरी गयाे २ जनाको मृत्यु

५ बर्ष अगाडि

भक्तपुर-भक्तपुरको मध्यपुर ठिमी-४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक र परिचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मिनी ट्रकका चालक काभ्रेको बनेपा-४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन् । दुवैजनाको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो । 
बसकाे ठक्करपछि उक्त मिनी ट्रक अगाडि रहेको बा २ क ३९३५ नम्बरको ट्रिपरको पछाडि ठोकिन पुगेको थियो । ठक्कर दिने बस सहित चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ।

५ बर्ष अगाडि

प्रतिक्रिया