देउसी भैलोको रकमबाट अक्षयकोष

५ बर्ष अगाडि

 

तुलसीपुर – नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । 

युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । अक्षयकोषबाट जम्मा भएको ब्याजले पत्रकार अप्ठेरोमा परेका समयमा सहयोग गरिने बताइएको छ । देसी भैलोबाट सङ्कलित रु तीन लाख रकममध्ये रु एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने निर्णय भएको युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । 
पितृ शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई रु १० हजार आर्थिक सहायता प्रदान गरिएको छ । आचार्यका बुबा मणिराम आचार्यको निधन भएको आज पाँचौँ दिन हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया