आफ्नै श्रीमती र छोराको हत्यारा पक्राउ

५ बर्ष अगाडि

रुकुम पश्चिम-आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-१ बल्लेजुरा बस्ने ४९ वर्षीय  भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । 
भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र  ११ वर्षीय छोरा प्रकाश बुढालाई आइतबार बिहान भरुवा बन्दुक र खुकुरी प्रहार गर्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले भक्तबहादुरलाई घाइते अवस्थामा फेला पारी भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घाइते भक्तबहादुरलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम लगिएकोमा थप उपचारकोलागि नेपालगञ्ज रिफर भएका छन् । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 
 

५ बर्ष अगाडि

प्रतिक्रिया