शाहरुख खानका छोराले फोटोग्राफरलाई फोटो खिच्न नदिएपछि....

५ बर्ष अगाडि

 

शाहरुख खानका छोरा अबराम खान चर्चित बालक मध्येका एक हुन् । हालै उनी ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बर्थडे पार्टीमा देखिएका थिए ।

अबराम उमेरमा सानै छन तर उनको व्यहोरा भने कुनै स्टारभन्दा कम छैन । यो कुराको एक झलक देखियो बच्चन पर‍िवारको पार्टीमा जब अबरामले फोटो खिच्न दिएनन् ।

अबराम आफ्नो साथी आराध्याको पार्टीमा सहभागी हुन त्यहाँ पुगेका थिए ।

पार्टी सकिएपछि बाहिर निस्कने क्रममा जब फोटोग्राफरहरुले उनको तस्बिर लिन खोजे तब अबराम रिसाए । उनले फोटोग्राफरहरुलाई हप्काउदै ‘नो प‍िक्चर्स’ भनेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया