एटिसी कन्ट्रोल रुमका ६ कर्मचारीलाई दिइयो ‘बिदा’

६ बर्ष अगाडि

काठमाडौँ । सोमबार दिउँसो भएको विमान दुर्घटनाका समयमा विमानस्थलको एटिसी कन्ट्रोल रुपमा कार्यरत ६ जना कर्मचारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सरुवा  गरेको छ ।
उनीहरुलाई ड्यूटी अफ गराइएको भनिएको छ । त्यो भनेको छानबिनका लागि बिदामा बस्न भनिएको हो । छानबिनका क्रममा दोषी पाइए उनीहरुले जागिरबाट हात धुनुपर्ने सम्मको अवस्था आउन सक्ने बताइएको छ । 
यूएस बङ्ला  जहाज दुर्घटनाको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर रुम (एटीसी) मा कार्यरत रहेका कर्मचारीलाई केही दिन ‘ड्युटी अफ’ गराइएको छ । उनीहरुलाई रिफ्रेसका लागि पनि त्यस्तो गरिएको हो, प्राधिकरणका एक उच्च अधिकारीले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट र एटीसीबीचको संवाद सञ्चार माध्यममा उपलब्ध गराउन उनीहरुको भूमिका रहेको बताइएको छ । यूउस बंगला जहाजको क्याम्टेन र एटिसी कर्मचारीबीच भएको भनिएको सम्वाद सञ्चार माध्यमलाई दिइएको भन्दै प्राधिकरणले उनीहरुमाथि छानबिन गर्ने नीति समेत अख्तियार गरेको छ ।
 
त्यसबाहेक आफ्नै आँखा अघि जहाज दुर्घटना देखेका ती कर्मचारीलाई रिफ्रेस गराउनका लागि पनि बिदामा राख्नु आवश्यक भएको प्राधिकरणले जिकिर गरेको छ ।
सोमबार दिउसो २ः१८ बजे एयरपोर्टको धावनमार्ग भित्रै एयर बङ्लाको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा परि ४९ यात्रुले ज्यान गुमाएका थिए । यस्तै एटिसीका कारण उत्पन्न भएको अन्य समस्याका बारेमा समेत छानबिन गर्ने तयारी प्राधिकरणले गरेको छ । नेपाल हवाई क्षेत्रमा कालो सूचीमा रहेको सन्दभृमा सोमबार भएको दुर्घटनालाई गम्भीर रुपमा लिइएको छ ।
 
 
 
सोमबारसाझ देखि नै अति नै संवेदनशील मानिएको एयर ट्राफिक कन्ट्रोलर रुमका कर्मचारी र जहाजका चालक तथा सहचालकबीच भएको संवाद बाहिरिएपछि क्यानले संवाद कसरी र कसले बाहिर ल्यायो भनेर छानविन गर्न लागेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया