१८ करोडको चर्चा मात्रै, राष्ट्रपतिलाइ जिग्रीको खुल्ला पत्र (भिडियो सहित)

५ बर्ष अगाडि

हास्य कलाकार कुमार कट्टेलले आफ्नो फेसबुकमा सम्मानानीय महामहिम राष्ट्रपतिज्यु बिद्या देवी भंडारीलाइ खुल्ला पत्र लेखेको तलको भिडियोमा सुन्नु हुन् आग्रह गर्दछौ ।

सम्मानानीय महामहिम राष्ट्रपतिज्यु,

म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हु ।

आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।

जुन देशका नागरिक हरु औषधी उपचारको अभावमा मरिरहेका छन ,पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार भएका छन त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? सोध्न चाहन्छु ।

समृद्द देशका राष्ट्रप्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।

राष्ट्रपतिज्यु,
आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मन्चमा नेपालको शान बढाउदै छिन, विश्वमा नेपाल चिनाउदै छिन ।

बलात्कार पछी निर्मम हत्या गरिएकी स्व निर्मला पन्त का बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन ।

हजुर यि दुई छोरिहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला ?

हजुर त नेपालको राष्ट्रप्रमुख अनि सम्पुर्ण नेपाली नारिहरुको आमा समान हुनुहुन्छ ।



तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाई ले पहलकदमी लिनु पर्ने हैन र ?

दिनदिनै तपाईका छोरी हरु बलात्कार भैरहदा कुन खुशीयालिमा १८ करोडको गाडी चढ्न मन लागिरा छ राष्ट्रपतिज्यु ? 
 

५ बर्ष अगाडि

प्रतिक्रिया