६ सय ५ स्थानीय तहमा पुग्यो बाणिज्य बैंक, ६ स्थानीय तहमा अझै छैन

५ बर्ष अगाडि

बाणिज्य बैंकहरुले ६ सय ८५ स्थानीय तहमा शाखा पुर्याएका छन् । सरकारले सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तारको योजना गत वर्ष देखिनै लिएको भएपनि आर्थिक वर्ष २०७५÷७६ को मंसिर १० गतेसम्ममा ६ सय ८५ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बजेट कार्यान्वयनका लागि भएपनि  प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको आवश्यकता पर्छ । 
यसैगरी बैंकिङ्ग सेवाको पहुँच थप सरल र सहज बनाउन महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
चालुआर्थिक वर्ष भित्र सबै वाणिज्य बैंकहरुले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था पनि छ । राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई प्रादेशिक संरचना अनुसार समायोजन गर्न नीतिगत व्यवस्था गरिने कार्य अगाडि बढाइएको राष्ट्र बैंकलेृ भनेको छ ।  

हालसम्म बैंक तथा वित्तिय संस्थाहरुको शाखा ७ हजार १४ पुगेको छ । जसमा सबैभनदा बढी २८ वटा बाणिज्य बैंकको ३ हजार १ सय ४ वटा शाखा पुगेको छ । यसैगरी ४० वटा विकास बैंकहरुको एक हजार ५७ शाखा संख्या पुगेको छ भने २८ वटा फाइनान्स कम्पनीको १ सय ८६ वटा शाखा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो तीन महिनाको समिक्षामा उल्लेख छ । यता ५३ वटा लघुवित्त कम्पनीहरुको २ हजार ६ सय ६७ वटा शाखा पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया