आगामी ६ वर्षपछि  भारतमा स्मार्ट फोन प्रयोग गर्नेको संख्या अर्ब नाघ्ने

५ बर्ष अगाडि

काठमाडौं – सन् २०२४ सम्म भारतमा स्मार्ट फोन प्रयोग गर्नेको संख्या बढेर १ अर्ब पुग्नेछ । हाल नै भारतमा मोबाइल फोन प्रयोगकताृको संख्या १ अर्बको हाराहारीमा रहेपनि स्मार्ट फोन भने आधा भन्दा कमले मात्रै प्रयोग गर्ने गरेका छन् । उनीहरुले अहिले भन्दा ४ गुण बढी डेटा समेत प्रयोग गर्ने छन् ।

सन् २०१८ को हालसम्म मोबाइल फोन प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । भारत मा मात्रै ठूलो सख्यामा मोबाइल फोन प्रयोग हुने गरेको छ । भारतमा हरेक महिना ३ एक्जा बाइट डेटा प्रयोग हुने गरेको छ । सन् २०२४ सम्म १२ एक्जा बाइट डेटा प्रयोग हुनेछ ।

इरिक्सनले इरिक्सन मोबिलिटी रिपार्टमा जनाएअनुसार भारतमा स्मार्टफोन प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि हुनेछ ।  

संसारभर ७ अर्ब ९० करोड मोबाइल फोन प्रयोगमा आएको पाइएको छ । त्यसमा ३.७ करोड मोबाइल प्रयोग कर्ता चीनमा मात्रै थपिएका छन् । त्यस्तै भारतमा सन् २०१८ मात्रै ३.१ करोड र इन्डोनेसियामा १.३ करोड नयाँ फोन प्रयोगकर्ता थपिएका छन् ।

सोही रिपोर्टअनुसार सन् २०२४ मा संसारभर ४० प्रतिशत बढीले ५जी नेटवर्कको पहुँचमा पुग्नेछन् । जबकि १.५ अर्ब नागरिक प्रविधिको प्रयोग मोबाइल फोनबाट गर्नेछन् । आगामी ६ वर्षमा अमेरिका तथा उत्तर पूर्र्वी एशियामा ५ जी को सबैभन्दा बढी प्रयोग हुनेछ । रिपोर्टअनुसार उत्तरी अमेरिकामा ५५ प्रतिशत, उत्तर पूर्र्वी एशियामा ४३ प्रतिशतले ५जी  सेवा प्रयोग गर्नेछन् ।

यस्तै यूरोपमा ५ जीको प्रयोगकताृको संख्यामा मात्रै ३० प्रतिशत हुनेछन् । भारतमा हाल ४ जीको प्रयोकर्ताको संख्या मात्रै ३० प्रतिशत रहेका छन् । यो संख्या सन् २०२४ मा बढेर ८१ प्रतिशत पुग्नेछ ।

यस्तै स्मार्ट फोनमा भिडियो हेर्नका लागि प्रयोगक गर्नेको संख्यामा पनि वृद्धि हुनेछ । हाल सौअतमा ६.८ जीबी डेटा हरक महिना भिडियोका लागि खर्च हुने हुनेछ । यो मात्रा सन् २०२४ मा बढेर १५ जीबी पुग्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया