१७ करोड रुपैयाँमा बिक्यो ह्वीस्कीको बोतल

५ बर्ष अगाडि

एजेन्सी – विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ ।

आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो ।

केही महिना हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा यो रकम ३० हजार पाउण्डले भन्दा बढी रहेको छ ।

६० वर्ष पुरानो म्याकालान १९२६ सन् १९८६ मा बोतल गरिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा राखिएको थियो ।

यो ह्वीस्कीलाई २० औ शताब्दीको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट मानिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया