वर्षा  र आशिषले खेलेको भिडियो  पिरिम  नलाउने करोड क्लबमा

५ बर्ष अगाडि

चर्चित संगीतकार दीपक शर्माको बहुचर्चित गीत पिरिम नलाउने पनि करोड क्लबमा प्रवेश

वर्षा राउतले यि ह्याण्डसमसँग गरेको रोमान्सको भिडियो करोड बढी दर्शकले हेरे, पिरिम नलाउनेले हंगामा मच्चाएपछि काटियो केक 

वर्षा राउत औधी ब्यस्त बनेका बेला उनका भिडियोहरु करोड क्लबमा प्रवेश गर्न थाले, पिरिम  नलाउनेले पायो ब्यापक चर्चा

काठमाडौँ । बहुचर्चित गीत पिरिम नलाउनेको भिडियो एक करोड बढी दर्शकले हेरेका छन् । चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा  आधारित यो गीतले ५१ दिनमा १ करोड बढी दर्शक पाएको हो । पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन् ।  राजधानीमा एक कार्यक्रमका बिच मनाइएको विशेष उत्सबमा पिररिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरु तथा संगीत पारखीहरुको उपस्थिती रहेको थियो ।

युट्युबमा मात्रै नभएर टिक टक, म्यूजिकल्ली  र बाहिरि बजारमा पनि खुबै रुचाइएको यो गीतमा चर्चित नायिका वर्षा  राउत र गायक आशिषको अभिनय रहेको छ । निकै रुचाइएको यो पिरिम नलाउनेको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उक्त टिमले पिरिम नलाउने २ को पनि घोषणा गरेका छन् । 


५ बर्ष अगाडि

प्रतिक्रिया