मिस वल्डको अन्तिम ३० मा पर्न सफल भइन् श्रृंखला खतिवडा

५ बर्ष अगाडि

काठमाडौं - मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वल्र्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यसपछि उनी अन्तिम ३० मा पर्न सफल भएकी छिन् ।

सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधी हात पारेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया