हिन्दी भर्सनमा २.० ले विकेन्डमा कमायो यतिधेरै

५ बर्ष अगाडि

मुम्बई । रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को हिन्दी भर्सनले पहिलो ओपनिङ विकेन्डमा ९५ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।
फिल्म गत विहीबार रिलिज भएको थियो । पहिलो दिन १९.५० करोड कमाएको फिल्मले शुक्रबार १७.५० करोड कमाउन सफल भयो । यस्तै शनिबार २४ करोड कमाएको फिल्मले आइतबार ३४ करोड कमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
भारतीय फिल्म सम्बन्धी व्यापार विज्ञ तरण आदर्शले यो सानदार कलेक्सन भएको प्रतिक्रिया दिएका छन् ।  उनले भनेका छन्, ‘यो सानदार व्यापार हो । शुक्रबार उत्साहप्रद देखिएन, तर शनिबार र आइतबार उत्कृष्ट कलेक्सन भएको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया