शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना चकनाचुर

५ बर्ष अगाडि

काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड बन्न सपना चकनाचुर बनेको छ । 
शनिबार चीनको सान्यामा भएको फाइनलमा उनी टप १२ बाटै बाहिरिएकी हुन् । 
शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्यूजील्याण्ड र मिस थाइल्याण्ड शीर्ष १२ मा पुगेका थिए । जसबाट श्रृङ्खलालाई  मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने अवसर थियो । 

तर तीन मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जितिन् । 
मिस नेपाल भएको नाताले उनी नेपालको प्रतिनिधित्व गर्दै चीन पुगेकी थिइन् । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया