बयान दिन आइन् राजदूत, धरापमा पद

५ बर्ष अगाडि

काठमाडौँ — सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि बोलाएको छ । 

परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूतावासबाट काठमाडौं फर्केकी छन् । 

मन्त्रालयका अनुसार उनको राजदूत पद रहने/नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानबिन गरिनेछ । ‘राजदूत शेर्पामाथि लागेको आरोपबारे सत्यतथ्य बुझ्न उहाँलाई काठमाडौंमा बोलाइएको हो,’ एक अधिकारीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही हुनेछ भने निर्दाेष देखिए उनी आफ्नो काममा फर्कनेछिन् ।’ कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया