मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

५ बर्ष अगाडि

कप्तान लियोनल मेसीले सनसनीपूर्ण प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले स्पान्योललाई ४–० गोलले हराएको छ । स्पान्योलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले दुई मेसीले दुई, औसमाने डिम्बालेले एक एक गोल गरे । मेसीले १७औं र ६५औं मिनेटमा दुवै गोल फ्रिकिकमा गरेका थिए । २६औं मिनेटमा डिम्बालेले मेसीकै पासमा अर्को गोल गरेका थिए ।

स्वारेजले ४५औ. मिनेटमा डिम्बालेको पासमा उत्कृष्ट गोल गरेका थिए । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले यस जितसँगै १५ खेलबाट ३१ अंक बनाएको छ । २१ अंक बनाएको स्पान्योल नवौं स्थानमा छ ।यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभिल्ला भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सेभिल्लाले अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो ।

 सेभिल्लाका पाब्लो सर्वियाले ५५औं मिनेटमा गोल गरेका थिए । त्यसपछि भ्यालेन्सियाका मोक्टर डिखावेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो स्थानमा छ । १८ अंक जोडेको भ्यालेन्सिया १३औं स्थानमा छ ।

अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले डिर्पोटिभो अलाभेसलाई ३–० गोल र सेल्टाभिगोले भिल्लारियललाई ३–२ गोलले पराजित गर्यो । 

५ बर्ष अगाडि

प्रतिक्रिया