निर्माण व्यवसायी महासंघको जिकिर, भ्रष्टाचारीलाई किन कारवाही गरेको ८ अर्ब ५४ करोड कसले तिर्छ ?

५ बर्ष अगाडि

काठमाडौं – सिक्टा सिँचाई आयोजनाको निर्माणमा बदमासी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सनका मालिका विक्रम पाण्डे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तर गलत गर्नेलाई कारवाही गर्नु हुन्न भन्दै नेपाल निर्माण व्यवसायी महासंघले अख्तियारको निर्णय गलत भएको जिकिर गर्दै आज एक सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर र शाखा नहर निर्माणमा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले पाण्डे सहित २१ जना विरुद्ध मुद्दा दायर गरेको थियो । पाण्डेलगायतलाई यही मंसिर २१ गते मुद्दा दायर गरेको हो । तर भ्रष्टाचारीलाई कारवाही गर्नु हुन्न भन्ने आशयका साथ नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक सूचना मार्फत आफूहरु भ्रष्टाचारीको पक्षमा रहेको जसरी प्रस्तुत भएको छ ।

हचुवा, पूर्वाग्रह िभई इज्ज्त, मान प्रतिष्ठामा आँच पुरयाउने, अनावश्यक आम जनमानसमा भ्रम फैलाउने गरी विशेष अदालतमा मुद्दा दायर भएको महासंघले जिकिर गरेको छ ।

पाण्डेको कम्पनीले तोकिएको समय भन्दा पहिल्यै आयोजनाको काम सम्पन्न गरेको , पुसस्कार पाएको भन्दैम हासंघले निर्माण व्यवसायीलाई कारवाही गरिनु समृद्धिको विरुद्ध रहेको बताएको छ ।

अख्तियारले पाण्डेसहित २१ जना विरुद्ध ८ अर्ब ५४ करोडको बिगो दावी गदैृ मुद्दा दायर गरेको छ । तर व्यवसाय गर्न पाउने अधिकारको हनन भएको भन्दै महासंघले भैष्टाचार गरे पनि छुट देऊ भन्ने आशयको विज्ञप्ति जारी गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया