इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने

५ बर्ष अगाडि

काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १८ प्रतिशत  बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
 
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८ सय २० रुपैयाँ बराबरको बोनस सेयर र दुई अर्ब ३४ करोड २० लाख ३१ हजार सात सय ८० रुपैयाँको नगद लाभांश दिने भएको हो । 
बैंकले नगद लाभांश वित्तरणका लागि राष्ट्र बैंकको स्विकृतिका लागि पठाउने भएको छ । 
 राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश वित्तरण हुनेछ ।  बैंक तथा वित्तिय संस्थाले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरिरहेका छन् ।
 बैंकहरु बोनस सेयरमा भन्दा नगद लाभांशमा केन्द्रित भइरहेका छन् । १० अर्ब चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वित्तरण पछि १२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया